२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

मानसरोवर जाने तीर्थ यात्री बोकेका ४० बस सम्पर्कविहीन

बिहिवार , भाद्र ११, २०८३

  • 262
    Shares
  • 262
    Shares
  • रसुवा, ११ भदौ । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । 

    यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदुरसमेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको यकिन विवरण प्राप्त भइनसकेको बताउनु भयो । यद्धपी क्षतिको प्रारम्भिक विवरण आउने क्रम जारी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार महासंघको आपतकालीन कार्यसमिति बैठकले बाढीबाट क्षति पुगेका सवारीसाधनको विवरण संकलन गर्न केन्द्रिय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

    बाढीपीडित यातायात व्यवसायी तथा मजदुरको अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन राज्य संयन्त्रसँग आवश्यक समन्वय गर्नेगरी समिति ागठन गरिएको उहाँले जानकारी दिनुभयो । सिटौलाकाअनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका २५ वटा बसको अवस्थासमेत अहिलेसम्म अज्ञात रहेको बताउनु भयो । उहाँले बससहित बसमा सवार यात्री र ५० जना कर्मचारी समेत सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । उहाँले नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधन र ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि कुनै जानकारी प्राप्त हुन नसकेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘हिजोको विनाशकारी बाढीबाट सार्वजनिक यातायातको क्षेत्रमा यात्रुवाहक र मालवाहक सवारीमा  अत्यन्त ठूलो क्षति भएको छ । क्षतिको प्रारम्भिक विवरणहरु आउने क्रममा हाम्रो छ । सवारीसँगै हाम्रा सवारी चालक र मजदुर समेत वेपत्ता भएको खबर पनि आएका छन् ।

    सार्वजनिक सवारीमा भएको क्षतिको विवरण संकलन गर्नको लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यज्यूको संयोजकत्वमा पाँच सदस्यीय कमिटी गठन गरेका छौँ । बाढी पीडित व्यवसायी र मजदुरहरु कुन–कुन अवस्थामा कहाँ–कहाँ छन् ? उनीहरुलाई आवश्यक सहयोग गर्नको लागि समेत कोषाध्यक्षज्यूको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ । विभिन्न कम्पनीहरुले बाढीमा फसेको तथा बाढीले बगाएको सवारी साधनहरुको संख्या पनि पठाउन शुरु गर्नुुभएको छ । नेपाल अरनिको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा निस्केका तीर्थयात्रीलाई बोकेका २५ वटा बसहरु अहिलेसम्म कहाँ, कुन अवस्थामा छन् भन्ने कुराको यकिन भएको छैन । ती सवारी साधाहरुमा कम्तिमा पनि ५० जना स्टाफरहनुभएको थियो ।

    उहाँहरु अझै सम्पर्कविहीन हुनुहुन्छ । नमस्ते पासाङ ल्हामु भन्ने यो चाहिँ नुवाकोटको अझ छेदविच्छेद भएको स्थानका यो संस्था हो। नेपाल नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारी साधन र ती सवारी साधनमा रहेका यात्रुहरुको अवस्थाबारे समेत हामीलाई अहिलेम्म कुनै जानकारी आएको छैन । नुवाकोटमा रहेका अत्याधिक मात्रामा बस, माइक्रोबस, मालवाहक ढुवानीका साधनहरु र ती सवारीमा कार्यरत चालक, सहचालक तथा सवारी मजदुरहरुको अवस्था समेत अहिलेसम्म अज्ञात रहेको छ ।’

    नुवाकोट क्षेत्रमा ठूलो संख्यामा बस, माइक्रोबस तथा मालवाहक ढुवानीका सवारीसाधन प्रभावित भएको तथा ती सवारीमा कार्यरत चालक, सहचालक र मजदुरको अवस्था समेत अझै अज्ञात रहेको उहाँले बताउनुभयो । उहाँले विपद्को यस घडीमा उद्धार तथा जोखिम न्यूनीकरण कार्यमा आ–आफ्ना स्थानबाट सहयोग गर्न समेत सबैमा अपिल गर्नुभयो । बुधवार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत तल्लो तटीय क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति गरेको छ । विपद्पछिको खोज तथा उद्धार, राहत र पुनस्र्थापनाका लागि राज्य संयन्त्र परिचालित छन् ।