शुक्रवार , भाद्र १२, २०८३
भैरहवा, १२ भदौ । रोटरी क्लब अफ भैरहवाले बाढीपीडितका लागि एकलाख बढी सहयोग गरेको छ । क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको अध्यक्ष अजय कुमार गुप्ताले बताउनुभयो । यस कठिन परिस्थितिमा पीडितहरुको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सरकारी निकायसँग समन्वय गरी सहयोग पुर्याउन आफूहरु प्रतिबद्ध रहेको अध्यक्ष गुप्ताले बताउनुभयो ।
साथै क्लबले रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । क्लबले यो विपत्तिमा ज्यान गुमाउनुभएका सम्पूर्ण व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
हालसम्म हराइरहेका व्यक्तिहरुको सकुशल उद्धार तथा सुरक्षित फिर्तीको काम शिघ्र हुने क्लबले विश्वास व्यक्त गरेको सचिव हरि प्रसाद आचार्यले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij