२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

सबै मिलेर विपद्को सामना गर्नुपर्छ : सांसद पौड्याल

शुक्रवार , भाद्र १२, २०८३

  • 586
    Shares
  • 586
    Shares
  • भैरहवा, १२ भदौ । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले सबै मिलेर विपद्को सामना गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले विपद्को यो घडीमा सरकारले सबैलाई सहयोगको लागि आह्वान पनि गरेको बताउनुभयो ।

    बिहीबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा आयोजित सहयोग हस्तान्तरण तथा छलफल कार्यक्रममा बोल्दै सांसद् पौड्यालले विपद्को घडीमा जनताको साथमा उभिनु नै साँचो सामाजिक उत्तरदायित्व भएको बताउनुभयो ।  

    ‘भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति पुगेको छ । सरकारले खोज र उद्धार कार्यलाई द्रुत गतिमा अघि बढाएको छ । सबै नेपालीहरु मिलेर विपद्को सामना गर्नुपर्छ, ’उहाँले भन्नुभयो ।

    उहाँले सबैलाई यो विपद्मा सहयोग गर्न अपील गर्नुभयो । सरकारले खोज तथा उद्वार कार्यमा सम्पूर्ण शक्ति सामथ्र्य लगाएको बताउनुभयो ।

    रूपन्देही जिल्लाबाट विपत्तिमा सहायता कसरी गर्न सकिन्छ, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग, शव व्यवस्थापन लगायत अन्य तयारीका लागि आवश्यक निर्देशन र सहकार्य समेत गरेको उहाँले जानकारी दिनुभयो  ।

    बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा सहयोग गर्ने र आफुखुसी रकम उठाएको अनुगमन गरी नेपाल सरकारको आधिकारिक खातामा राख्न पहल गर्ने लगायत विषयमा छलफल भएको उहाँले बताउनुभयो । उहाँले सम्पूर्ण सहयोग हातहरुप्रति आभार समेत व्यक्त गर्नुभयो ।

    nnn.JPG

    कार्यक्रममा रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालमार्फत ८ लाख रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको सहकारीका अध्यक्ष गिरी प्रसाद पुनले बताउनुभयो ।