२०८३, भाद्र २४ गते

Sep 09 2026 | २०८३, भाद्र २४ गते

बाढीपीडितका लागि राहत सामग्री बोकेर लुम्बिनीबाट टोली प्रस्थान

बुधवार , भाद्र २४, २०८३

  • 34
    Shares
  • 34
    Shares
  • भैरहवा, २४ भदौ । बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।

    लुम्बिनी साँस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दीन नाउ मुसलमान,वडा सदस्य तथा लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेन, लुम्बिनी शाक्य मुनि वृद्ध अनाथ आश्रमका अध्यक्ष ओमकार पाण्डे, उपाध्यक्ष नागेन्द्र धवललगायतको टोली राहत सामग्री लिएर मंगलबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो ।

    टोलीले २१० परिवारका लागि ओढ्ने–ओछ्याउने सामग्री तथा बालबालिकाका कपडा लगायतका राहत सामग्री लिएर गएको जनाएको छ । विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको हो ।

    रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएको छ।