२०८३, भाद्र २५ गते

Sep 10 2026 | २०८३, भाद्र २५ गते

‘लम्हे’ रोटरी मिटमा भोटेकोशी बाढीपीडितलाई २४ लाख ८० हजार सहयोग

बिहिवार , भाद्र २५, २०८३

  • 538
    Shares
  • 538
    Shares
  • भैरहवा, २५ भदौ । नेपालमा आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी क्षेत्रका पीडितका लागि भारतका रोटरीयनले २४ लाख ८० हजार ६ सय रुपैयाँ सहयोग गरेका छन् । नेपाल–भारतका रोटरीयनबीचको सहकार्य र मित्रताको सन्देश दिने ‘लम्हे रोटरी मल्टिडिष्ट्रिक मीटिङ’ का अवसरमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

    ‘पब्लिक इमेज एण्ड पिस’ विधा अन्तर्गत भारतको गोरखपुरमा आयोजित कार्यक्रममा भारतका रोटरी डिष्ट्रिक ३१२० र ३२५० तथा नेपाल–भुटानको रोटरी डिष्ट्रिक ३२९२ को संयुक्त सहभागीता रहेको थियो । ‘जहाँ दिल मिलते हैं’ भन्ने मूल भावसहित आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक ३१२० की गभर्नर पुनम गुलाटीले भोटेकोशी बाढीपीडितका लागि भारु १५ लाख ५१ हजार भारु (२४ लाख ८० हजार ६ सय रुपैयाँ) बराबरको चेक नेपाल–भुटान रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर विष्णुबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।

    नेपालमा भदौ १० गते आएको भीषण बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्यक्रममा एक मिनेट मौन प्रार्थना गरिएको थियो । दुवै देशका राष्ट्रिय धुन बजाएर सुरु भएको कार्यक्रममा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, शान्ति र मानवीय सहयोगमा रोटरीको भूमिकाबारे चर्चा गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि पास्ट रोटरी डाइरेक्टर कमल शाङ्वी, की–नोट स्पिकर पूर्वराजदूत दीपक बोहरा तथा रोटरीयन बिन्दु सिंहको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपालका विभिन्न १५ रोटरी क्लबका ८० जनासहित करिब ७२० जनाको सहभागिता थियो ।

    रुपन्देहीबाट रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ बुटवल साउथ र रोटरी क्लब अफ देवदह सम्मानित भएका थिए । भैरहवाबाट रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको सहभागीता रहेको थियो ।

    WhatsApp Image 2026-09-10 at 9.53.19 AM (1).jpeg

    कार्यक्रमको व्यवस्थापन रोटरी क्लब अफ गोरखपुरका अध्यक्ष प्रविन आर्यासहितको टीमले गरेको थियो । नेपाल–भारतका रोटरी क्लबको रजिस्ट्रेशन तथा समन्वयमा रोटरीयन गोविन्द सिंह ‘लक्की’ को विशेष भूमिका रहेको थियो ।

    रोटरी क्लब अफ भैरहवाका अध्यक्ष अजय कुमार गुप्ताले नेपाल–भारतका रोटरीयनलाई एउटै मञ्चमा ल्याउने यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध र रोटरीको छविलाई थप मजबुत बनाउने बताउनुभयो । उहाँले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म अझ प्रगाढ बनाउन पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारीले नेपालबाट रुपन्देहीले सबैभन्दा बढी सहभागीता जनाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस्ता अन्तरदेशीय कार्यक्रमले रोटरी अभियानलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

    WhatsApp Image 2026-09-10 at 9.53.19 AM.jpeg
    WhatsApp Image 2026-09-10 at 9.53.19 AM (2).jpeg