२०८३, भाद्र २५ गते

Sep 10 2026 | २०८३, भाद्र २५ गते

रुपन्देहीसहित ४४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न

बिहिवार , भाद्र २५, २०८३

  • 289
    Shares
  • 289
    Shares
  • भैरहवा, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ४४ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशनलाई तीव्रता दिएको हो ।

    राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले हालसम्म ४४ जिल्लाको अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो । ‘भदौ मसान्तसम्म सबै जिल्ला अधिवेशन गर्ने तालिका बमोजिम राप्रपाको धमाधम जिल्ला अधिवेशनहरु भइरहेको छ, ’उहाँले भन्नुभयो । अधिवेशन हुन बाँकी जिल्लाहरुले निर्धारित तालिकामै अधिवेशन सम्पन्न गर्ने गरी मिति घोषणा गरेर अधिवेशनको तीव्र तयारी भइरहेको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार बिहीबार (आज) बारा, दोलखा, कालिकोट र भोजपुरमा जिल्ला अधिवेशन हुँदैछ । राप्रपाले मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति घोषणा गरिसकेको छ । सोहीअनुसार पार्टीले भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएको हो ।

    हालसम्म रुपन्देही, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, इलाम, उदयपुर, झापा, मोरङ, सप्तरी, सिराहा, सर्लाही, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, चितवन, लमजुङ, मुस्ताङ, गोरखा, म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रोल्पा, गुल्मी, पाल्पा, बर्दिया, कपिलवस्तु, दाङ, मुगु, हुम्ला, सल्यान, रुकुम पश्चिम, दैलेख, डोटी र बैतडीमा राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।