images

शनिवार, बैशाख २२ गते २०८१

महामारीमा मानवीय सेवामा लायन्स क्लब

महामारीमा मानवीय सेवामा लायन्स क्लब

images
images
images
बिहिवार, जेठ ६ २०७८
बिहिवार, जेठ ६ २०७८
  • महामारीमा मानवीय सेवामा लायन्स क्लब

    भैरहवा, ६ जेठ । 
    कोरोना महामारी (कोभिड–१९) ले  प्रभाव पारेसंगै सबै ठाउँका अस्पताल भरिभराउ छन । कोरोना संक्रमितको संख्या बढेसंगै अस्पतालमा बेड र अक्सिजनको अभाव देखिएको छ ।  एक ठाउँबाट अर्को ठाउँमा बिरामी पु्र्याएर गाडी तथा एम्बुलेन्समा राख्दाराख्दै बिरामीको ज्यान गएको छ । बिरामीलाई रुपन्देहीको भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, बुटवलस्थित कोरोना अस्थायी विशेया (धागो कारखाना) लगायत रहेका आइसोलेशनमा पनि नभएर अन्य जिल्लामा संक्रमित बिरामीहरु भौतारिनु परेको छ । 

    images
    images
    images

    रुपन्देही लगायत अन्य जिल्लाबाट पनि काठमाडौ, चितवनमा संक्रमित बिरामीहरु पुगेका छन् । उपचारको क्रममा मेडिकलको हब मानिने चितवनमा पनि धेरै बिरामीहरु पुगेको खबर आइरहेको छ । 

    रुपन्देहीको भैरहवाबाट सिद्धार्थनगर वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीलाई भीम अस्पतालमा उपचार गराउँदागराउँदै काठमाडौं पुर्याउनु परेको थियो । काठमाडौंबाट पनि फर्काएर यलाई चितवनमै उपचार गरेर निको भई घरमा फर्किसक्नुभएको उनको उपचारमा लागेका भान्जा विजय पाण्डेले बताए ।  त्यसै गरी भैरहवाबाटै कोरोना संक्रमणमा परेर उपचारको क्रममा चितवन पुगेका उद्योग व्यापार संगठन रुपन्देहीका कार्यसमिति सदस्य बाबुराम खनालको चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन । 

    अहिले नेपालकै मध्यभागमा पर्ने चितवनमा धेरै जिल्लाका बिरामी उपचारका लागि जाने गरेको त्यहाँ संक्रमितको उपचारका लागि विरामी कुरुवाको रुपमा गएका सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव विजय पाण्डेले बताए । चितवनमै रहेको सामाजिक संस्था लायन्स क्लबले देशभरबाट आउने कोराना संक्रमित बिरामीलाई उपचारमा सहयोग पुर्याएको पाण्डेले बताए । 

    लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ का इलेक्ट गभर्नर रामप्रसाद भट्ट सहितको टिम यति बेला संक्रमित बिरामी बचाउन र सहयोगमा खटिएको पाण्डेले बताए । लायन्स क्लबले अक्सिजनको अभाव तथा बेडको समस्या हुन नदिन खटेर मानव सेवामा लागेको भट्टले बताए । शववाहनका लागि चितवनमा ३० हजार लाग्ने गरेकोमा लायन्स क्लबले निःशुल्क शववाहन उपलब्ध गराएर सहयोग पुर्याएपछि अवस्था सहज भएको गभर्नर भट्ट्ले बताउए । क्लबले शववाहन निःशुल्क सञ्चालन गरेपछि महानगरपालिकाले दाउराको व्यवस्थापन गर्न लागेको उनले बताए । क्लब जस्तोसुकै मानवीय सेवा सहयोग गर्न दिनरात खटेको भट्टको भनाइ छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij