२०८३, भाद्र २६ गते

Sep 11 2026 | २०८३, भाद्र २६ गते

भदौ २८ देखि ‘कोटिहवा तीज साँस्कृतिक महोत्सव’ हुँदै

शुक्रवार , भाद्र २६, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • भैरहवा, २६ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवा बजारमा ‘कोटिहवा तीज साँस्कृतिक महोत्सव’–२०८३ हुने भएको छ । राधाकृष्ण एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट सैनामैना–५, रुपन्देहीको आयोजना तथा लिस्नु युवा क्लब र गुरुङ राष्ट्रिय परिषद इकाई समिति तिलोत्तमा–१५ को सह–आयोजनामा महोत्सव हुने भएको हो ।

    महोत्सव असोज ८ गतेसम्म सञ्चालन हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । महोत्सवमा करिब २० वटा स्टल रहने राधाकृष्ण एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्टका सञ्चालक सुमन पन्थीले बताउनुभयो । स्थानीय व्यवसायीलाई स्टलमा २५ प्रतिशत छुटको व्यवस्था रहेको उहाँको भनाइ छ ।

    बिहान १० देखि राती १० बजेसम्म सञ्चालन हुने महोत्सवमा टिकटवापत १ सय रुपैयाँ तोकिएको उहाँले जानकारी दिनुभयो । सञ्चालक पन्थीका अनुसार १ सय रुपैयाँ टिकट तोकिएकोमा टिकटको ५ प्रतिशत कर तिलोत्तमा नगरपालिकालाई र ५ प्रतिशत बाढीप्रभावित नागरिकको सहयोगका लागि रकम प्रदान गरिनेछ । 

    टिकटमा विद्यार्थीहरुलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुट र अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको उहाँले बताउनुभयो । महोत्सवमा करिब २० हजार दर्शकको उपस्थिति रहने आयोजकले अपेक्षा गरेका छन् ।