शुक्रवार , भाद्र २६, २०८३
भैरहवा, २६ भदौ । सिद्धार्थनगर सहकारी सञ्जाल सिद्धार्थनगर, रुपन्देहीले बाढीप्रभावितका लागि आर्थिक सहयोग गरेको छ ।
सञ्जालले आफ्नो मातहत सहकारी संस्थाहरुलाई राहत सहयोगको लागि आह्वान गरेकोमा भदौ २५ गतेसम्म १० लाख ८८ हजार ३ सय ७५ रुपैयाँ संकलन भएको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उहाँले जानकारी दिनुभयो । राहत कोषमा रकम जम्मा गर्ने संस्थाहरुको नामावलीसहित सञ्जालले सिद्धार्थनगर नगरपालिकाको जानकारी गराएको उहाँले बताउनुभयो ।
भदौ १० गते रसुवा, नुवाकोट र धादिङ जिल्लाको भोटेकोशी तथा त्रिशुली नदीको तटीय क्षेत्रमा अप्रत्याशित आएको बाढीको कारणबाट ठूलो धनजनको क्षति भएको दुःखद घटनाप्रति सञ्जाल परिवार अत्यन्तै मर्माहत भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘यस दुःखद घडीमा बाढीमा ज्यान गुमाउनुहनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै हराइरहेको व्यक्तिको तत्काल खोजी र उद्धार गरिएको व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं, ’उहाँले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij