२०८३, भाद्र २७ गते

Sep 12 2026 | २०८३, भाद्र २७ गते

बेलहियामा पार्किङ व्यवस्थापन र पर्यटन आवागमन सहजीकरण गर्न सोट्टो लुम्बिनीको माग

शनिवार , भाद्र २७, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • भैरहवा, २७ भदौ । सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो) लुम्बिनी प्रदेशले बेलहिया नाकामा पार्किङ व्यवस्थापन, पर्यटक आवागमन सहजीकरण र सवारी व्यवस्थापन गर्न माग गरेको छ । 

    बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ध्यानाकर्षण-पत्र बुझाउँदै सोट्टो लुम्बिनीले हाल बेलहिया क्षेत्रमा उचित पार्किङको वयवस्थापनको अभाव, सवारीसाधनको अव्यवस्थित पार्किङ, अत्याधिक भीडभाड तथा यात्रु व्यवस्थापनमा देखिएका समस्याका कारण पर्यटक, पर्यटन व्यवसायी तथा पर्यटक बोक्ने सवारीसाधनहरुले अनावश्यक सास्ती व्यहोर्नुपरेको जनाएको छ । यसले नेपालको पर्यटन क्षेत्रको छविमा समेत नकारात्मक प्रभाव पार्ने देखिएको सोट्टो लुम्बिनी प्रदेशका अध्यक्ष संजय बजिमयले बताउनुभयो ।

    बेलहिया नाकामा पर्यटक तथा पर्यटन सवारीसाधनका लागि व्यवस्थित, सुरक्षित र पर्याप्त पार्किङको व्यवस्था हुनुपर्ने, नेपाल प्रवेश गर्ने पर्यटकहरुको आवागमन तथा अध्यागमन प्रक्रियालाई थप सहज, छिटो र व्यवस्थित बनाउन आवश्यक सहजीकरण गर्नुपर्ने, पर्यटन सवारीसाधनको आवातजावतमा अनावश्यक अवरोध हुन नदिइ आवश्यक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्नुपर्ने, पर्यटनमैत्री वातावरण सिर्जना गर्न सबै निकायबीच समन्वय गरी दीर्घकालीन तथा प्रभावकारी व्यवस्थापनको व्यवस्था मिलाइदिनसोट्टो लुम्बिनी प्रदेशले माग राखेको छ ।

    त्यस्तै बेलहिया नाकामा हुने ओभरलोड सवारीसाधनको सञ्चालनलाई तत्काल प्रभावबाट नियन्त्रण (बन्द) गरी भारततर्फ फर्कने खाली मालबाहक सवारीसाधनलाई अन्य वैकल्पिक नाकामार्फत फिर्ता पठाउने व्यवस्था मिलाउन, बेलहिया भन्सार क्षेत्रमा दीर्घकालीन रुपमा वैकल्पिक प्रवेश तथा निकास मार्गको व्यवस्था गरी सवारी चाप व्यवस्थापन गर्नका लागि आवश्यक पहल गर्न, नेपालको अन्तर्राष्ट्रिय अनलाइन ईन्टरनेशनल डिजिटल भुक्तानी सेवा र ईभिसा सुविधा आईटा र नेपाल राष्ट्र बैंकको स्वीकृतिप्राप्त सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई सुविधा प्रदान गर्न र पर्यटनमा दर्ता स्वीकृति लिएकाले मात्रै हवाई टिकट व्यवसाय गर्न पाउने अनिवार्य व्यवस्था गर्नुपर्ने माग रहेको अध्यक्ष बजिमयले बताउनुभयो ।

    त्यसै गरी भारतीय र नेपाली आन्तरिक पर्यटकहरु समेतलाई पर्यटन र पर्यटकमा डिजिटल अभिलेखका साथै मान्यता दिनुपर्ने, भूमार्ग भइ भित्रिने पर्यटकहरुलाई एकीकृत चेकजाँच, अनलाईन ई–भिसा र अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी सेवा, हरियो प्लेटका पर्यटकीय सवारीसाधनहरुमाथि सार्वजनिक सवारीसाधनहरुको कर तथा बीमा दावीको सुविधा, निजी सवारीसाधनहरुलाई पर्यटक र यात्रुसेवा अन्य भाडाका सवारीसाधनहरु सरह कारोबार गर्न पूर्णरुपमा बन्देज र कारवाही तथा कानूनको कार्यान्यवन र भैरहवा भन्सारको आईसीपी यथाशिघ्र निर्माणसम्पन्न तथा हस्तान्तरण तथा भारतीय रेलवे कनेक्टिभिटीका लागि विशेष पहल गर्न माग राखिएको उहाँले बताउनुभयो ।