२०८३, भाद्र २९ गते

Sep 14 2026 | २०८३, भाद्र २९ गते

प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सोमवार , भाद्र २९, २०८३

  • 349
    Shares
  • 349
    Shares
  • भैरहवा, २९ भदौ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा शनिबार भैरहवामा प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

    विश्व प्राथमिक उपचार दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले बताउनुभयो । सभापति उपाध्यायका अनुसार नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला, पालिका शाखा र अन्य स्वयंसेवक लक्षित कार्यक्रम आयोजित गरिएको थियो ।

    कार्यक्रमको सहजीकरण प्रमुख प्रशिक्षक प्राथमिक उपचार समिति संयोजक तुल बहादुर थापा र प्रशिक्षक कृष्ण मल्ल र दिनेश पन्थीले गर्नुभएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका शहरी विकास, उर्जा तथा खानेपानी मन्त्री सन्तोष कुमार पाण्डेयले तालिम तथा अभिमुखीकरण कार्यक्रममा सिकेको कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवा भनेको मनभित्रै आउने कुरा भएको बताउनुभयो । मन्त्री पाण्डेयले तालिम लिएपछि मैले सिके मात्र भन्नुभन्दा सिकेका कुरा व्यवहारमा उतार्न सके त्यसको औचित्य रहने बताउनुभयो । रेडक्रसले विपद् तथा प्राकृतिको प्रकोपको बेला प्रदान गरेको सेवाबाट सिक्नुपर्ने उहाँको भनाइ थियो ।

    रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता लय प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको प्रहरी निरीक्षक कल्पना घर्ती लगायतले बोल्नुभएको थियो ।

    रेडक्रस रुपन्देहीका जिल्ला उप–कोषाध्यक्ष अल्ताफ हुसेन खाँको स्वागत तथा कार्यबाहक मन्त्री दिनेश पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रेडक्रसको सात सिद्धान्त पाठ जिल्ला सदस्य केशव कुमार उपाध्यायले वाचन गर्नुभएको थियो ।