२०८३, भाद्र २९ गते

Sep 14 2026 | २०८३, भाद्र २९ गते

अङ्कुर साकोसको १७ औं साधारण सभा सम्पन्न

सोमवार , भाद्र २९, २०८३

  • 229
    Shares
  • 229
    Shares
  • भैरहवा, २९ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२, कालिकास्थानस्थित अङ्कुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ ।

    संस्थाले पुनर्लिखित विनियम हित ११ प्रस्तावहरुमा सर्वसम्मत निर्णय गर्दै साधारण सभा सम्पन्न गरेको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो ।

    संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।

    कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को बचत तथा ऋण कारोबारमा नियमित रहेका सदस्य मध्येबाट २ जना असल बचतकर्ता र एकजना असल ऋणीलाई सम्मान गरिएको थियो । सम्मानित हुने बचतकर्तातर्फ शारदा श्रेष्ठ, लक्ष्मण श्रेष्ठ  र ऋणी तर्फ शारदा श्रेष्ठलाई रहनुभएको छ । त्यस्तै १७ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नुभएका १८ जना रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    संस्थाको व्यवस्थापक बिमला घिमिरेको स्वागत तथा सचिव चन्द्रभक्त श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा शेयर सदस्यहरुकोतर्फबाट पतञ्जली योग रुपन्देहीका अध्यक्ष लता प्रधान, नेवा खलः रुपन्देहीका अध्यक्ष भाग्यवान महर्जन र संस्थापक अध्यक्ष राम बहादुर श्रेष्ठले धारणा राख्नुभएको थियो ।

    संस्थाले आ.व. २०८३/०८४ को लागि कुल आय/व्यय ९४ लाख २५ हजार र ९ करोड ३ लाखको अनुमानित वासलातसहितको वार्षिक बजेट तथा कार्यक्रम पारित गरेको छ ।

    संस्थाले साधारण सभामा सहभागी सदस्यहरुलाई लक्षित गरी गौतमबुद्ध आईकेयर सेन्टर, बेलहियासँगको सहकार्यमा नेत्र परीक्षण शिविरसमेत सञ्चालन गरेको थियो ।