मंगलवार , भाद्र ३०, २०८३
भैरहवा, ३० भदौ । प्रहरीले रुपन्देहीको कञ्चन गाउँपालिका–५ बाट अवैध भरुवा बन्दकु बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोली सोमबार कञ्चन–५ बिटालु चोकदेखि घनश्याम चोकतर्फ गस्ती गर्दै जाने क्रममा लुम्बिनी साझेदारी सामुदायिक वनको झाडीमा उक्त बन्द बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार ४ फिट ३ ईन्च लम्बाई भएको बेबारिसे अवस्थामा लुकाईछिपाई राखेको भरुवा बन्दुक नाल १ फेला परेको थियो । उक्त बन्दुक कानूनबमोजिम बरामद गरी थप अनुसन्थान जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij