२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

दुर्गाकलोनीमा गणेश चतुर्थी विशेष कार्यक्रम सम्पन्न

बुधवार , भाद्र ३१, २०८३

  • 250
    Shares
  • 250
    Shares
  • भैरहवा, ३१ भदौ । श्री गणेश चतुर्थीको दोस्रो दिन मंगलबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित श्री दुर्गा मन्दिरमा भजन–संगीत, आरती तथा प्रसाद वितरणसहित धार्मिक कार्यक्रम सम्पन्न भएको छ । 

    श्री श्याम मित्र मण्डल परिवारको मुख्य आयोजनामा भएको कार्यक्रममा भक्तजनका लागि मोदकसहित पुरी, सब्जी, हलुवालगायतका प्रसाद वितरण गरिएको थियो ।

    कार्यक्रममा ३ सय जनाका लागि प्रसादको सौजन्य श्री दुर्गा सामुदायिक प्रहरी सेवा केन्द्रका कार्यसमिति सदस्य तथा रेड विंग्स रेष्टुरेण्टका सञ्चालक विजयचन्द ठकुरीले गर्नुभएको थियो ।

    62570988-f7dc-4b62-89c3-53be19f73433.jpg

    एकता महिला समूह, दुर्गाकलोनीको आयोजना र श्री दुर्गा सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर–३, ५ र ६ को सह–आयोजनामा कार्यक्रम सम्प्न्न भएको थियो ।

    कार्यक्रममा स्थानीयबासी तथा भक्तजनको उल्लेख्य सहभागीता रहेको श्री दुर्गा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताउनुभयो ।

    aa1d2d39-4652-4887-9884-e66579142585.jpg