२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

लुम्बिनी बिउ उत्पादक संघ नेपालको प्रथम साधारण सभा सम्पन्न

बिहिवार , आश्विन १, २०८३

  • 184
    Shares
  • 184
    Shares
  • भैरहवा, १ असोज । लुम्बिनी बिउ उत्पादक संघ नेपालको प्रथम साधारण सभा भैरहवामा बुधबार सम्पन्न भएको छ । संघका अध्यक्ष माधव प्रसाद गडेरियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिउबिजन प्रयोगशाला भैरहवाका प्रमुख दीपक सापकोटाले उद्घाटन गर्दै संघसित सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले बिउ उत्पादक र विक्रेताबीच फरकका बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाका प्रमुख सुमन पन्थी, कृषि ज्ञान केन्द्र रुपन्देहीका वरिष्ठ कृषि अधिकृत मानदेव चौधरी लगायतले बोल्दै संघले सरकारसँग मन्त्रालयमै पुगेर आफ्ना समस्या राख्नुपर्ने बताउनुभयो । 
    संघका उपाध्यक्ष तोप नारायण घिमिरेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन सदस्य पंचराम चौधरीले गर्नुभएको थियो । 

    साधारण सभामा अध्यक्ष गडेरियाले संघको वार्षिक प्रतिवेदन तथा सचिव रमेशचन्द्र मिश्राले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

    संघमा रुपन्देही नवलपरासी र कपिलवस्तुका प्रतिनिधिको उपस्थिति रहेको संघका सदस्य रामजी यादवले बताउनुभयो। संघले रसुवा भोटेकोशी बाढी प्रभावितलाई राहतस्वरुप नगद संकलन गरिरहेको सदस्य धर्मराज अधिकारीले बताउनुभयो । 

    विगत लामो समयदेखि आफ्नो व्यवसाय गर्दै आइरहेका बिउ उत्पादकहरु विधिवत रुपमा भने २०८२ साल फागुन २८ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि मात्र संस्थागत रुपमा अघि बढेका हुन् । उनीहरुले गुणस्तरीय बिउ उत्पादनमा जोड दिदा मलको सधै अभाव भएको गुनासो गरेका थिए ।