२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन

आइतवार , आश्विन ४, २०८३

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, ४ असोज । विश्व हिन्दू परिषद् नेपाल, रूपन्देहीले देवदह नगरपालिका र ओमसतिया गाउँपालिकामा समिति गठन गरेको छ । शनिबार एक कार्यक्रमका बीच दुई पालिकामा समिति गठन गरिएको हो ।

    देवदहमा उमेश अग्रहरीको अध्यक्षतामा २१ सदस्यीय र ओमसतियामा श्री श्याम मिश्राको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

    विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय सचिव राजन उपाध्यायको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सह–सचिव विकास यादवको उपस्थितिमा समिति गठन गरिएको छ ।