२०८३, आश्विन ५ गते

Sep 21 2026 | २०८३, आश्विन ५ गते

काँग्रेस सिद्धार्थनगर–७ को सभापतिमा अभिषेक रावल निर्वाचित

सोमवार , आश्विन ५, २०८३

  • 472
    Shares
  • 472
    Shares
  • भैरहवा, ५ असोज । नेपाली काँग्रेसको वडाकार्यसमिति, सिद्धार्थनगर–७, रुपन्देहीको सभापतिमा अभिषेक रावल निर्वाचित हुनुभएको छ । पार्टीको १५ औं महाधिवेशन अन्तर्गत आइतबार भएको वडा अधिवेशनबाट उहाँ सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । सभापतिमा निर्वाचित रावल सिद्धार्थनगर नगरपालिका–७ को वडा सदस्य समेत हुनुहुन्छ । अधिवेशनबाट सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

    त्यस्तै उपसभापतिमा सीता क्षेत्री, विजय कर्माचार्य, सचिवमा प्रेम क्षेत्री, सह–सचिवमा गणेश पोखरेल र कोषाध्यक्षमा कृष्ण शर्मा निर्वाचित हुनुभएको छ ।

    महिला सदस्यमा लक्ष्मी क्षेत्री, हिरा जोशी, खुला सदस्यहरुमा विष्णु ढाडी, दिपचन कानु बनिया, विजय ढाडी, अजय कुमार गिरी, शिव प्रसाद ढाडी र राज कुमार धवल निर्वाचित हुनुभएको छ ।

    a3fdfc28-8bad-4010-bd01-f41da3a1e5d9.jpg

    वडा अधिवेशनबाट २४ जना क्षेत्रीय प्रतिनिधिहरु पनि सर्वसम्मत निर्वाचित हुनुभएको नवनिर्वाचित वडा सभापति अभिषेक रावलले जानकारी दिनुभयो ।