मंगलवार , आश्विन ६, २०८३
भैरहवा, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले अतिरिक्त हुलाक प्रतिनिधि, पत्र वितरक र डाँकबाहकको न्यून तलबबारे सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूको तलब तथा सुविधा बढाउन माग गर्नुभएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद अलीले अतिरिक्त हुलाकका कर्मचारीले दिनभर काम गरे पनि मासिक ७ देखि ८ हजार रुपैयाँ मात्रै तलब पाउने अवस्था रहेको बताउनुभयो ।
‘७–८ हजार रुपैयाँमा अहिलेको अवस्थामा कसरी गुजारा चल्छ ?’ प्रश्न गर्दै उहाँले उनीहरूको तलब र सुविधाका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको करिब डेढ महिनाअघि जंगलमा भएको रहस्यमय मृत्युको घटनाको अहिलेसम्म सत्यतथ्य बाहिर आउन नसकेको भन्दै तत्काल छानबीन गर्न माग गर्नुभयो ।
पूर्वमेयर सिंहको मृत्युबारे सत्यतथ्य छानबीन गरी घटनाको वास्तविकता बाहिर ल्याउनुपर्ने बताउनुभयो । ‘सबैको माग छ, राप्रपाको माग छ–सत्यतथ्य छानबिन भइ बाहिर आओस्,’सांसद भाटले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij