२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

कृषि विकास बैंक कर्मचारी संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा राकेश यादव

शनिवार , आश्विन १०, २०८३

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १० असोज । कृषि विकास बैंक कर्मचारी संगठन नेपाल, लुम्बिनी प्रदेश समिति, भैरहवाको दोस्रो प्रदेश अधिवेशन शनिबार रुपन्देहीको तिलोत्तमास्थित मंगलापुरमा सम्पन्न भएको छ ।

    अधिवेशनले राकेश यादवको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सोमनाथ खनाल, सचिव लुम प्रसाद भण्डारी, कोषाध्यक्षमा मीना चापागाई, सदस्यहरुमा गोबिन्दबन्धु अर्याल, रेखा पौडेल, नर बहादुर थापा, कविता चौधरी, मोनिका रिजाल, राजेन्द्र प्रसाद उपाध्याय र लक्ष्मी कार्की रहनुभएको थियो।

    सोमनाथ खनालको सञ्चालन, मीना चापागाईंको स्वागत तथा नेपाल राष्ट्रिय कर्मचारी महासंघ प्रदेश इञ्चार्ज मीन प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय समिति सल्लाहकार विनोद के.सी., प्रबन्धक भुवनेश्वर पाण्डे, केन्द्रिय सदस्य सन्तोष पाण्डे र मीन प्रसाद पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

    नवनिर्वाचित कार्यसमितिले कर्मचारीहरुको वृत्ति विकास र पेशागत हकहितसहित संस्थागत सुशासन र प्रगतिलाई प्रमुख एजेण्डाको रुपमा अगाडि बढाउने प्रतिबद्धता प्रतिवद्धता व्यक्त गरेको छ ।