२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

काँग्रेस रुपन्देही–३ (क) प्रदेश सभा अधिवेशनका लागि लेखनाथ भट्टराईको प्यानल घोषणा

शनिवार , आश्विन १०, २०८३

  • 301
    Shares
  • 301
    Shares
  • भैरहवा, १० असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा क्षेत्र (क) को अधिवेशनका लागि युवा नेता लेखनाथ भट्टराईको अध्यक्षतामा प्यानल घोषणा गरिएको छ । 

    सभापतिमा लेखनाथ भट्टराई, उपसभापतिमा यमबहादुर थापा (माइला), सचिवमा दीपक श्रेष्ठ, सह–सचिवमा खुल्लातर्फ डिल्लिराज अधिकारी र महिलातर्फ अर्पिता विश्वकर्मा रहनुभएको छ ।

    सभापतिका उम्मेदवार भट्टराई भट्टराई हाल काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सचिव एवं प्रवक्ता हुनुहुन्छ । सचिवका उम्मेदवार श्रेष्ठ सिद्धार्थनगर नगरपालिका–६ का पूर्व वडाअध्यक्ष हुनुहुन्छ । ।

    त्यस्तै सह–सचिवका उम्मेदवार अधिकारी वर्तमान प्रदेश कार्यसमिति सदस्य हुनुहुन्छ । सह–सचिव (महिला) को उम्मेदवार विश्वकर्मा सिद्धार्थनगर नगरपालिका–७ को वडा सदस्य हुनुहुन्छ ।