२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

मौसमका कारण रुपन्देहीमा काँग्रेसको क्षेत्रीय अधिवेशन सारियो

शनिवार , आश्विन १०, २०८३

  • 280
    Shares
  • 280
    Shares
  • भैरहवा, १० असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम परिवर्तन गरिएको छ । प्रतिकूल मौसमका कारण यसअघि तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गर्दै नयाँ मिति निर्धारण गरिएको हो ।

    काँग्रेस जिल्ला निर्वाचन समिति, रुपन्देहीले शुक्रबार जारी गरेको विज्ञप्ती अनुसार प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १४ गते गर्ने निर्णय भएको छ ।

    यसअघि प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज ११ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गते गर्ने कार्यक्रम तय गरिएको थियो ।

    प्रतिकूल मौसमका कारण काँग्रेस केन्द्रीय निर्वाचन समितिको समन्वयमा निर्वाचन कार्यक्रम स्थगित गरी नयाँ मिति निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

     

    825340660_1052945331124732_5783834079738692998_n.jpg