२०८३, आश्विन १३ गते

Sep 29 2026 | २०८३, आश्विन १३ गते

सर्वोच्चका न्यायाधिशको स्वागत तथा बिदाई

मंगलवार , आश्विन १३, २०८३

  • 370
    Shares
  • 370
    Shares
  • भैरहवा, १३ असोज । रुपन्देही जिल्ला अदालतका कर्मचारीहरुको समूह (लफङ्गा) ले सर्वोच्च अदालतका न्यायाधिश विनोद कुमार शर्माको स्वागत तथा बिदाई गरेको छ । 

    भैरहवास्थित रुपन्देही जिल्ला अदालतमा मंगलबार आयोजित एक समारोहमा न्यायाधिश शर्मालाई लफङ्गा समूहका अध्यक्ष शिवलाल देवकोटाले मायाको चिनो दिएर स्वागत तथा विदाई गर्नुभयो । शर्मा केही दिनमै सेवानिवृत्त हुनुहुने भएको छ । 

    साथै समूहले रुपन्देही जिल्ला अदालत परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । 

    WhatsApp Image 2026-09-29 at 4.29.16 PM (1).jpeg

    लफङ्गा समूहका अध्यक्ष शिवलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका न्यायाधिश शर्माले लफङ्गा समूह भनेर नाम सुन्दा अनौठो लागे पनि अदालतका पेशाकर्मी कर्मचारीहरुको सामाजिक भावना बोकेका साथीहरुको समूहको कामबाट आफू प्रभावित भएको बताउनुभयो । 

    लफङ्गा समुहका अध्यक्ष देवकोटाले सेवानिवृत्त हुन लाग्नुभएका सर्वोच्च अदालतका न्यायाधिश शर्माको उज्वल भविष्यको कामना गर्नुभयो । उहाँँले लफङ्गा समूहले सामाजिक क्षेत्रमा काम गरिरहेको पनि जानकारी दिनुभयो । 

    प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालय, जिल्ला न्यायाधिश कोमल प्रसाद आचार्य बिशेष अतिथि रहनुभएको सो कार्यक्रममा जिल्ला न्यायाधिशहरु, श्रेस्तेदार बिमल रेग्मी, जिल्ला बार ईकाई अध्यक्ष लयप्रसाद भट्टराईलगायत अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रम सुमित चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।