२०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

प्रहरी सहायक निरीक्षक गोमा के.सी.‘उत्कृष्ट प्रहरी’ घोषित

बुधवार , आश्विन १४, २०८३

  • 388
    Shares
  • 388
    Shares
  • भैरहवा, १४ असोज । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा, रुपन्देहीले २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ ।

    विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोमा के.सी. लाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

    825328332_122304903530021258_1020208063848278697_n.jpg

    कार्यालयका अनुसार असई के.सी.ले फिल्ड तथा एक्स–रे अपरेटरको जिम्मेवारीमा रही सांगठनिक नीति, निर्देशन तथा पदीय दायित्व उत्कृष्ट ढंगबाट सम्पादन गरी विमानस्थल सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउनुभएकोले उहाँलाई पुरस्कृत गरिएको हो । त्यसै गरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार यम थापालाई समेत नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।

    825286327_122304903572021258_7902463009877593652_n.jpg

    उहाँहरुलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राकेश सिंहले पुरस्कार प्रदान गर्नुभएको हो ।