२०८३, आश्विन १८ गते

Oct 04 2026 | २०८३, आश्विन १८ गते

नवरात्रीलाई लक्षित गर्दै दुर्गा मन्दिर परिसरमा सरसफाई

आइतवार , आश्विन १८, २०८३

  • 418
    Shares
  • 418
    Shares
  • भैरहवा, १८ असोज । नवरात्रीलाई लक्षित गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६, दुर्गाकलोनीस्थित श्री दुर्गा मन्दिर परिसरमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

    श्री दुर्गा सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर–३, ५ र ६ को आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेडक्वार्टर भैरहवा, रुपन्देहीको विशेष सहयोग तथा स्थानीय एकता महिला समूह, सक्षम सहारा बहुउद्देश्यीय महिला समूह र दिदीबहिनी महिला समूहको संयुक्त सहभागीता रहेको थियो ।

    deeee.jpg

    कार्यक्रममा श्री दुर्गा सामुदायिक प्रहरी सेवा केन्द्रको उपाध्यक्ष तथा कार्यक्रम संयोजक शकुन्तला अधिकारीसहित स्थानीय महिला समूहका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयबासीको सहभागीता थियो ।

    सरसफाई कार्यक्रममा विशेष उपस्थिति जनाउँदै सहयोग गरेको भन्दै आयोजकले सशस्त्र प्रहरी नायब निरीक्षक खड्कबहादुरको कमाण्डमा खटिएको सम्पूर्ण टीमप्रति आभार व्यक्त गरेको छ ।

    ddd.jpg

    श्री दुर्गा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले श्री दुर्गा मन्दिर पुरानो धार्मिकस्थलका रूपमा रहेको र यसको विशेषता यहाँ बलि नदिइने परम्परा रहेको बताउनुभयो ।

    नवरात्रीका अवसरमा मन्दिरमा भक्तजनको चहलपहल बढ्ने भएकाले धार्मिक स्थलको सरसफाई र स्वच्छता कायम राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।

    eeeef.jpg