२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

लायन्स सिद्धार्थनगर युथद्वारा रेविजविरुद्धको खोप तथा किर्ना नियन्त्रण अभियान सञ्चालन

सोमवार , आश्विन १९, २०८३

  • 298
    Shares
  • 298
    Shares
  • भैरहवा, १९ असोज । लायन्स क्लब अफ सिद्धार्थनगर युथले रेविजविरुद्धको खोप तथा किर्ना नियन्त्रण अभियान सञ्चालन गरेको छ । पशु रोग अन्वेषण प्रयोगशाला, रुपन्देही, नेपाल भेटेनरी एशोसियशन, लुम्बिनी प्रदेश र नेपाल भेटेनरी स्टुडेण्ट एशोसियशन (आई.ए.ए.यस.टीयु)को सहयोगमा आइतबार अभियान सञ्चालन गरिएको हो ।

    अभियान अन्तर्गत आइतबार सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रमा १ सय वटा सामूदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष हरि आचार्यले बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

    rabies.jpg

    कार्यक्रममा प्रमुख अतिथि लायन्स क्ल्ब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालको डिष्ट्रिक एक्सन टीमका लिडर नेत्र प्रसाद आचार्यले लायन्स सिद्धार्थनगर युथले धेरै सेवाका कार्यहरु गर्दै आएको बताउनुभयो । उहाँले रेबिजविरुद्धको खोप लगाउनु काम अत्यन्तै सराहनीय रहेको भन्दै क्लबको प्रशंसा गर्नुभयो । राज्य‘राज्यले गर्नुपर्ने कार्य यो क्लबले गरेको छ । यसका लागि क्लबप्रति आभार गर्दछु, ’आचार्यले भन्नुभयो । आगामी दिनमा पनि क्लबले यस्तो कार्यक्रम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रम संयोजक तथा लायन्स सिद्धार्थनगर युथका निर्देशक अनुज खत्रीको स्वागत तथा क्लबका सचिव विवेक रघवंशीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एरिया–५ का चिफ राकेश गुरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रममा रेविजविरुद्धको खोप तथा किर्ना नियन्त्रण अभियानमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

    youthh.jpg