२०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै

बिहिवार , आश्विन २२, २०८३

  • 178
    Shares
  • 178
    Shares
  • काठमाडौँ, २२ असोज । त्रिभूवन विश्वविद्यालयले चालु शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५४० विद्यार्थीलाई दीक्षित गर्ने भएको छ । 

    बिहीवार त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस बैठकले ६४ औँ ग्रेस लिस्ट पारित गर्दै उक्त संख्याका विद्यार्थीलाई दिक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो । त्रिविका रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रश्तुत गर्नुभएको विवरणअनुसार २०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई ६४औँ ग्रेस लिस्टमा समावेश गरिएको छ । ग्रेस लिस्टमा परेका विद्यार्थी मध्ये ८४ दशमलव ९० प्रतिशत साधारण र १५ दशमलव १० प्रतिशत प्राविधिकतर्फका रहेका छन् ।

    ग्रेस लिस्टअनुसार एमफिलतर्फ २५३, पोस्ट ग्राजुएट डिप्लोमातर्फ १८४ र विद्यावारिधितर्फ १६६ विद्यार्थी रहेका छन् । संकाय तथा अध्ययन संस्थानतर्फ व्यवस्थापन संकायका सबैभन्दा धेरै ४३ हजार १४२, शिक्षाशास्त्रमा १० हजार ५३३, मानविकी तथा सामाजिकशास्त्रमा १५ हजार ४४१ र कानुनमा ३ हजार १ विद्यार्थी रहेका छन् । विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानमा ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ४६३ र वन विज्ञान अध्ययन संस्थानमा १९२ विद्यार्थी रहेको रजिस्टार शिवोकोटीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘ग्रेस लिस्टमा २०८२ असार १ गते देखि २०८३ असार मसान्तसम्म ६४औँ ग्रेस लिस्ट अनुसार कुल विद्यार्थी संख्या ९५ हजार ५ सय ४० रहेको छ । यसमध्ये प्राविधिक तर्फ १५ दशमलव १० र साधारण तर्फ ८४ दशमलव ९० प्रतिशत रहेका छन् । एमफिल गर्ने २५३ जना, पोस्ट ग्याजुएट डिप्लोमा १८४ जना र विद्यावारिधि १६६ जना रहेका छन् ।

    संकायगत रूपमा हेर्दा व्यवस्थापन संकायमा ४३ हजार १४२ जना, शिक्षाशास्त्र संकायमा १० हजार ५३३ जना, मानविकी तथा सामाजिक शास्त्र संकायमा १५,४४१ र कानुन संकायमा ३ हजार १ जनशक्ति उत्पादन भएको छ । यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ६८८ जना, इन्जिनियरिङ अध्ययन संस्थानमा ५ हजार १६० जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ९२० जना, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ४६३ जना र वन विज्ञान अध्ययन संस्थानमा १९२ जनशक्ति उत्पादन भएको छ ।

    व्यवस्थापन संकायतर्फ स्नातक तहमा ३२ हजार १५२ जनाले ट्रान्सक्रिप्ट लिनुभएको छ । र त्यस्तै स्नातकोत्तर तहमा १० ९०४ जना, एमफिल तहमा ६० जना, पीजीडी अधिसनातकमा १८ जना र विद्यावारिधिमा ८ जना र समग्रमा व्यवस्थापन संकायमा ४३ हजार १४२ जनाले ट्रान्सक्रिप्ट लिनुभएको छ । र त्यस्तै शिक्षाशास्त्र संकायमा स्नातक तहमा १६ हजार ३८९ जना, स्नातकोत्तर तहमा ३ हजार ४३ जना, एमफिल तहमा २८ जना, अधिसनातकमा ५२ जना  विद्यावारिधिमा २१ जनाले ट्रान्सक्रिप्ट लिनुभएको छ । आज उपाधि प्रदान गर्न अनुमति पाउने विद्यार्थीहरूको दिक्षान्त कार्यक्रमलाई २०८३ साल पौष महिनामा काठमाडौँमा मूल दीक्षान्त समारोह आयोजना गर्ने तयारी भइरहेको भइरहेको छ ।’

    विश्वविद्यालयले आगामी पुसमा काठमाडौंमा मूल दिक्षान्त समारोह आयोजना गर्ने तयारी गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । यस वर्षदेखि विद्यार्थीको सहजताका लागि सातै प्रदेशमा दीक्षान्त समारोह सञ्चालन गरिनेछ ।