२०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

२ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

शुक्रवार , आश्विन २३, २०८३

  • 196
    Shares
  • 196
    Shares
  • काठमाडौँ, २३ असोज । राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदैछ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

    राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुनेगरी निक्षेप संकलनको सूचना जारी गरेको छ । यसमा निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

    राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुने जनाएको छ । यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् । दुई महिनाका लागि जारी गरिएको निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी मंसिर २३ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

    बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यस उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि रकम खिचेर बजारमा उपलब्ध तरलता व्यवस्थापन गर्ने गरिएको छ ।