२०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

रुपन्देहीमा १८ वर्षपछि हत्याका आरोपित पक्राउ

शनिवार , आश्विन २४, २०८३

  • 112
    Shares
  • 112
    Shares
  • भैरहवा, २२ असोज । रुपन्देहीमा १८ वर्षअघि गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार २०६५ साल मंसिर ६ गते राति करिब १२ः३० बजे रुपन्देहीको साविक धकधई गाविस–८, हाल रोहिणी गाउँपालिका–३ को झुंगापरासीस्थित हुलाकी सडकखण्डमा ३२ वर्षिय चिनक राजभ भन्ने मुन्निराज राजभरको गोली हानी हत्या गरिएको थियो ।

    छिपागढ गाविस–६, हाल रोहिणी गाउँपालिका–४ का बासिन्दा राजभरलाई पछाडिबाट गलबन्दीले हात बाँधेर कञ्चटमा गोली हानिएको थियो ।

    उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले २०८३ असोज २१ गते रुपन्देहीका विभिन्न स्थानबाट दुईजनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–४ का ६८ वर्षीय प्रल्हाद कुर्मी र सोही स्थानका ६० वर्षीय महेन्द्रप्रसाद कुर्मी रहेका छन् ।

    पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त भएको रुपन्देही प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।