२०८३, कार्तिक ३० गते

Nov 16 2026 | २०८३, कार्तिक ३० गते

लुम्बिनी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराते छनोट प्रतियोगिता सम्पन्न

सोमवार , कार्तिक ३०, २०८३

  • 313
    Shares
  • 313
    Shares
  • भैरहवा, ३० कार्तिक । प्रदेश खेलकुद परिषद्, लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराते छनोट प्रतियोगिता आइतबार रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूले सहभागीता जनाउँदै विभिन्न तौल समूह तथा विधामा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

    रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्यको अध्यक्षता, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य कल्पना आचार्यको प्रमुख आतिथ्यता तथा रुपन्देही जिल्ला कराते महासंघका अध्यक्ष सन्तोष सिंहको विशिष्ट आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।

    प्रतियोगितामा जुरीको जिम्मेवारी सिहान करुणानिधि त्रिपाठीले निर्वाह गर्नुभएको थियो । त्यस्तै निर्णायकका रूपमा उदबहादुर खाम्चा थापा, कमल सारु मगर, सुरज ढकाल, गोपाल परियार र सुजित यादव रहनुभएको थियो ।

    प्रतियोगिताअन्तर्गत महिलातर्फ ४५ केजी तौल समूहमा रुपन्देहीकी गरिमा भण्डारी, ५० केजीमा गरिमा बुढा मगर, ५५ केजीमा सोनाली गुप्ता र ६० केजीमा अनु महतो प्रथम हुनुभयो । खुल्लातर्फ बाँकेको नेपालगञ्जकी अनुपा नेपालीले प्रथम स्थान हासिल गर्नुभयो ।

    पुरुषतर्फ ४५ केजी तौल समूहमा रुपन्देहीका निरज धोबी, ५० केजीमा सुदिप मल्लाह, ५५ केजीमा बर्दियाका शितल सुनार, ६० केजीमा रुपन्देहीका प्रबिन भण्डारी र ६५ केजीमा रोहित सारु मगर प्रथम हुनुभयो । खुल्लातर्फ रुपन्देहीका यमलाल चौधरी प्रथम हुनुभयो । त्यसै गरी काता विधाको महिलातर्फ याङसु श्रेष्ठ र पुरुषतर्फ रुपन्देहीका कृष्णम वर्णवालले प्रथम स्थान हासिल गर्नुभयो ।

    WhatsApp Image 2026-11-16 at 8.14.42 AM.jpeg

    प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ ।