२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आज २५६५ औ बुद्ध जयन्ती, सामान्य पुजाआजा र दीप प्रज्वलन गरी मनाईदै  

बुधवार , जेठ १२, २०७८

लुम्बिनी। आज २५६५ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई बुद्ध जयन्तीको रुपमा मनाउने गरिएको छ। गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनाका रुपमा मनाउने बुद्धपूर्णिमाकै दिनलाई लुम्बिनी दिवसको रुपमा पनि मनाइदै आएको छ। 

कोभिड १९ कारण मुलुक लकडाउनमा रहेका कारण बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस यस बर्ष भने सामान्य औपचारिक कार्यक्रममा सिमित बन्न पुगेको छ। कोरोना भाईरसका कारण सरकारले जारी गरेको लकडाउनका कारण गत बर्ष पनि बुद्ध जयन्ती तथा लुम्बिनी दिवस सामान्य औपचारिक कार्यक्रम गरी मनाईएको थियो। कोभिडकै कारण यस पटक सामान्य औपचारिक कार्यक्रममा मात्र सिमित हुन पुगेको छ। कोभिड संक्रमणकै कारण गत बर्ष पनि लुम्बिनीमा बुद्धपूर्णिमाका कुनै पनि कार्यक्रम हुन सकेका थिएनन्। 

गत बर्ष चैत्र ११ गते मुलुक लकडाउनमा थियो। कोरोना संक्रमण र लकडाउनका कारण जनसहभागितामा कार्यक्रम गर्न नमिलेपछि पूर्णमाको दिन बिहान मायादेवि मन्दिरमा पुजाआजा गर्ने तथा साझ दिप प्रज्वलन गरेर मनाउने गरिएको थियो। 
यस पटक पनि कोभिड कै कारण जनसहभागितामा बुद्धपूर्णिमा सम्बन्धी ठुला औपचारिक कार्यक्रम गर्न नसकिएको लुम्बिनी बिकास कोषले जनाएको छ। बिगतका बर्षहरुमा बुद्धपूर्णिमामा लुम्बिनीमा भव्य कार्यक्रमहरु हुने गर्दथ्यो, बुद्ध जयन्ती मनाउन राष्ट्रपति, प्रधानमन्त्री, बिभिन्न बिदेशी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख, बिभागिय मन्त्री, कुटनीतिक नियोगका प्रमुख, संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, विभिन्न मुलुकका बौद्धमार्गीहरु, भिक्षुभिक्षुणीहरुलगायत लुम्बिनी आउनुहुन्थ्यो, कोषका सदस्य सचिव सानुराजा शाक्यले भने कोभिडका कारण गत बर्ष र यो बर्ष सामान्य पुजाआजा र दिप प्रज्वलन गरेर बुद्धपूर्णिमा मनाउदै छौ। 

सदस्य सचिव शाक्यका अनुसार विहान ७ बजेदेखि ९ बजे सम्म सरकारद्धारा जारी स्वास्थ्य प्रोटोकलको पालना गर्दे उपस्थित भएर २५६५ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पठाएको शुभकामना सन्देश वाचन गर्ने, मायादेवी मन्दिर परिसरभित्र लुम्बिनीमा उपलव्ध महायानी, बज्रयानी र थेरवादी गुरु÷गुरुमा, भिक्षु÷भिक्षुण, लामा गुरुहरुवाट धार्मिक पूजा तथा मन्त्रोचारण गर्ने कार्यक्रम रहेको छ। 

त्यस्तै लुम्बिनी विकास कोषको तर्फबाट संघ दान गर्ने, विहान ११ गौतम बुद्ध फलफुल बाटीका क्षेत्रमा २५ हजार फलफुलको बोटविरुवा रोप्ने कार्यको शुभारम्भ गर्ने तथा साँझ ७  मायादेवी मन्दिर परिसरभित्र महामारीको रुपमा फैलिई रहेको कोरोना भाईरस (कोविड–१९) बाट ज्यान गुमाएका महानुभावहरुको सम्झनामा दिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ।