२०८३, मंसिर ७ गते

Nov 23 2026 | २०८३, मंसिर ७ गते

सबै दलको सहमतिमा सरकार बनाउँछौँ : मुख्यमन्त्री यादव

आइतवार , मंसिर ६, २०८३

  • 487
    Shares
  • 487
    Shares
  • काठमाडौं, ६ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सहमतिको सरकार गठन गर्ने बताउनुभएको छ । 

    आईतवार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताउनुभएको हो । उहाँले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने जानकारी दिनुभयो ।

    आफूले यसअघि पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको उल्लेख गर्दै उहाँले यसपटक पनि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने प्रयास रहने बताउनु भयो । उहाँले मन्त्रिपरिषद् विस्तार पनि राजनीतिक दलहरूसँगको छलफलपछि टुंगो लाग्ने उल्लेख गर्नुभयो । उहाँले सरकारको ध्यान अब सुस्त गतिमा रहेका कामलाई तिब्रता दिनेतिर हुने बताउनु भयो । भ्रष्टाचार नियन्त्रण गर्ने र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको उहाँको भनाई छ । 

    उहाँले भन्नुभयो, ‘अब समय थोरै छ । अनि प्रदेशको काम पहिलाभन्दा अलि स्लो चलिरहेको थियो । त्यसलाई अब राम्रो गति दिएर काम गर्ने र जुन अलिअलि भ्रष्टाचार छ, त्यसलाई नियन्त्रण गरेर सबै दललाई फेरि मिलाएर अब सहमतिको सरकार बनाएर अनि राम्रो काम गर्ने हो ।

    हामी अब भोलि सबै दलसँग छलफल गर्छौँ । मेरो प्रथम प्राथमिकता रहन्छ कि सब सबै दलले मिलेर जुन पहिलोचोटि मैले जुन विश्वासको मत दिए थिएँ सबै दलबाट, त्यस्तै सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने । मन्त्रिपरिषद् विस्तार गर्नुभन्दा अगाडि हामी सबै दलसंग छलफल गर्छौं ।’
    यादव यादव शनिवार मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।