शुक्रवार , मंसिर ११, २०८३
भैरहवा, ११ मंसिर । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आफ्नो १९ औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शुक्रबार बिहान आफ्नै भवन अगाडि तथा आसपासका क्षेत्रमा सरसफाई गरेको हो ।
संस्थाको १९ औं वार्षिक साधारण सभा शनिबार (भोलि) बिहान ९ बजेदेखि सिद्धार्थनगर नगरपालिका–९, उदयपुरस्थित संस्थाको सभाहलमा हुने अध्यक्ष सचिन रोक्काले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ ।
संस्थाले प्रत्येक वर्ष साधारण सभा तथा अधिवेशनको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष सरसफाई कार्यक्रम आयोजना गरिएको अध्यक्ष रोक्काले बताउनुभयो ।

सरसफाई कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकारलगायतको सहभागीता रहेको थियो ।
संस्थाको महासचिव लक्ष्मी अधिकारीका अनुसार साधारण सभाको उद्घाटन संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले गर्नुहुनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij