२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

मानिस मानिसमा फरक  

शुक्रवार , जेठ १४, २०७८

  • 5.7K
    Shares
  • 5.7K
    Shares
  • एउटा अक्सिजन नपाएर मर्दैछ ।
    अर्को अक्सिजन लुकाएर धन थोपार्दै छ ।।
    एउटा बेड नपाएर मर्दैछ ।
    अर्को बेडको अकुत मुल्य मागेर कमाउँदैछ ।। 

    एउटा एक मुठी अक्सिजन नपाएर मर्दैछ ।
    अर्को प्रत्येक सिलिण्डरमा कम अक्सिजन भरेर कमाउँदै छ ।। 
    एउटाले बाँच्ने आसमा सास नाप्दै छ  ।
    अर्को सास नाप्ने मिटरमा चार गुणा मुल्य लिएर कमाउँदैछ ।। 

    एउटा आफन्तको शव पनि देख्न नपाएर रुदैछ ।
    अर्को शव व्यवस्थापनको मूल्यमा कमाउँदै छ ।।
    एउटा बाँच्ने सुनिश्चितचा खोज्दै छ ।
    अर्को सत्ता र चुनाव खोज्दै छ ।।