
आइतवार , जेठ १६, २०७८
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले प्रस्तुत गरेको बजेट कोभिड १९को महामारी सामना गर्ने उद्देश्यमा केन्द्रीत रहेको बताएका छन्। उनले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बजेट जनअपेक्षा अनुसार आएको बताएका छन्।
उनले सामाजिक संजालमा पोस्ट गरेको बजेट सम्बन्धी स्टाटस यस्तो छ।
बजेट कोभिड १९को महामारी सामना गर्ने उद्देश्यमा केन्द्रीत छ ।जनअपेक्षा पनि यस्तै थियो। अव मुलुक मध्यावधि चुनावमा जाने निश्चित जस्तै भएको हुदा त्यसका लागि खर्चको व्यवस्था गर्नु आवश्यक नै थियो।
अव मुलुक मध्यावधि चुनावमा जाने निश्चित जस्तै भएको हुदा त्यसका लागि खर्चको व्यवस्था गर्नु आवश्यक नै थियो। कोरोना महामारी र चुनावी खर्चको व्यवस्थाकका वावजुत जनताका अपेक्षाहरुलाई सम्वोधन गर्न बजेट अग्रसर देखिन्छ।
यस पटको वजेट सामाजिक क्षेत्रको सम्वोधनमा निकै उदार देखिएको छ। स्वास्थ र शिक्षा क्षेत्रले बजेटमा विशेष प्राथमिकता पाएका छन् । सामाजिक सुरक्षा भत्ता त एमाले व्राण्ड नै भयो। पूर्वाधार विकासका क्षेत्रमा बजेटले सम्माननीय प्रधानमन्त्रीको सोचलाई सम्वोधन गर्न खोज्नु स्वभाविक नै हो।
यस पटकको बजेटले विशेष ढंगले कोभिड १९का कारणले प्रभावित व्यावसायिक क्षेत्र र समुदायलाई सम्वोधन गर्ने कोशिस गरेको छ। यसवाट नीजि क्षेत्रले एकहदसम्म राहतको अनुभूती गर्न पाएको हुनुपर्छ।
बजेट भाषणले सकेसम्म धेरै क्षेत्रलाई सम्वोधन गर्ने कोशिस गर्दा केही लामो सुनिएको छ। बजेट सुन्दा समग्रतामा सन्तुलित, आकर्षक र जनप्रिय वन्न पुगेको छ।
प्रादेशिक संरचनाका हकमा वर्तमान अर्थमन्त्रीवाट थप उदारताको अपेक्षा राखिएको थियो। पूर्ण बजेट कार्यक्रम आउदा त्यो पनि पढ्न पाइने अपेक्षा छ।
जहासम्म बजेटको कार्यान्वयनको विषय छ त्यो सदैव चुनौती पुर्ण रहदै आएको छ। यो वर्ष चुनावी वर्ष भएका कारणले थप चुनौतीपूर्ण हुनु स्वभाविक नै हो। यस्तो अवस्थामा स्थायि सरकारको रुपमा रहेको प्रशासनिक नेतृत्वले थप अग्रसरता र जिम्मेवारी लिएमा कार्यान्वयनमा खासै समस्या नहुनु पर्ने हो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij