
मंगलवार , जेठ १८, २०७८
काठमाडौं, १८ जेठ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्काशनको निर्णय केही घण्टा अगाडि गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई निष्काशन गर्ने निर्णय भएको हो ।
उपेन्द्र यादवलाई निष्काशन गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij