images

शुक्रवार, चैत्र १६ गते २०८०

निषेधाज्ञाको विरोध गर्दै लुम्बिनीमा प्रर्दशन

निषेधाज्ञाको विरोध गर्दै लुम्बिनीमा प्रर्दशन

images
images
images
शनिवार, जेठ २२ २०७८
शनिवार, जेठ २२ २०७८
  • निषेधाज्ञाको विरोध गर्दै लुम्बिनीमा प्रर्दशन

    लुम्बिनी, २२ जेठ । रुपन्देहीको लुम्बिनीमा निषेधाज्ञाको विरोध गर्दै स्थानीय सडकमा उत्रिएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ खुनगाईका स्थानीय युवाहरुले निषेधाज्ञाको नाममा स्थानीय सरकार र प्रशासनले दुःख दिएको भन्दै शनिबार सडकमा नाराबाजी गर्दै टायर समेत जलाएका छन् ।

    images
    images
    images

    स्थानीय अर्जुन कुर्मीले स्थानीय सरकार र प्रशासनले निषेधाज्ञाको नाममा नागरिकलाई दुःख दिएकोले विरोध प्रदर्शनमा उत्रिएको बताए । ‘सरकारले नागरिकको रक्षा, कोरोना खोपको उपलब्धता र निषेधाज्ञामा व्यापार व्यवसाय बन्दका क्रममा भएको नोक्सानको क्षतिपूर्ति दिए निषेधाज्ञा मान्छौं, ’उनले भने । उनले कतै निषेधाज्ञाको पालना भएको र कतै नभएको बताए ।

    नागरिकमाथि अन्याय भएकोले यसको विरोधमा भोलि आइतबार बिहान १० बजे लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालय घेराउ गर्ने र त्यसको लागि नागरिक, व्यवसायी, किसान सबैलाई उपस्थित हुन समेत आग्रह गरिएको कुर्मीले बताए । यो कुनै पार्टीको नभइ सम्पूर्ण नागरिकको आन्दोलन भएको उनको दावी छ । ‘भोलिदेखि व्यवसाय सञ्चालन गर्न समेत व्यवसायीहरुलाई आग्रह गरेका छौं, ’उनले भने ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले निषेधाज्ञामा नागरिकलाई दुव्र्यव्यवहार नगरिएको बताए । ‘महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामको लागि जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गर्न खोजिएको हो, ’डीएसपी थापाले भने ।

    थापाले नदीजन्य पदार्थको ओसारपोसार गर्ने टिप्परहरुलाई नियन्त्रण गर्दा केही युवाहरु आक्रोशमा आएको बताए । स्वास्थ्य मापदण्ड अपनाई निषेधाज्ञाको पूर्ण पालना गर्न नागरिकलाई आग्रह गरिएको उनले बताए । निषेधाज्ञाको अवज्ञा गर्दै व्यवसाय सञ्चालन गरे कारवाहीको दायरामा ल्याइने उनले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij