२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

करेन्ट लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु

आइतवार , जेठ २३, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • जेठ २३,अर्घाखाँची ।

    अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १२ पिरापानीका ४७ वर्षिय विष्णु गैरे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    आफ्नै घरमै जडान गरिएको कुटान पिसान मिल सरसफाई गर्नेक्रममा एक्कासी करेन्ट लागेर घाईते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।