२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

केपी ओलीको प्रस्ताव : ३ जेठ पूर्वको एमाले

आइतवार , जेठ २३, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौं, २३ जेठ ।
    नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको माग अनुसार पार्टीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाउन राजी भएका छन् ।

    आइतबार पार्टी एकताका लागि आह्वान गर्दै ओलीले माधव नेपाल पक्षको माग अनुसार पार्टीलाई २०७५ जेठ ३ गते पूर्व (जेठ २ गते) माओवादी केन्द्रसंग एकता हुनु अगाडिको अवस्थाबाट अगाडि बढाउन तयार भएको बताएका हुन् ।

    त्यसका लागि माधव नेपाल पक्षका तत्कालीन सांसदहरुले संसद पुनःस्थापना तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि आदेश जारी हुनुपर्ने मागदावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त पनि ओलीले अगाडि सारेका छन् ।