२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

पुनर्गठित मन्त्रिपरिषद् खारेजीको मागसहित सर्वोच्चमा रिट 

सोमवार , जेठ २४, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौँ

    प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद पुनर्गठन विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।  प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले मन्त्रिपरिषद् हेरफेर गरेको भन्दै  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट हालेका हुन् । 

    यो सरकार कामचलाउ भइसकेकाले नियमित सरकारले जस्तो  गरि मन्त्रिपरिषद विस्तार लगायतका महत्वपूर्ण काम गर्न नपाउने भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट दायर गरेका  हुन् ।  

    आइतबार पेश गरेको रिट आज दर्ता भयाे र यो रिटको पहिलो सुनुवाई मंगलबार हुने वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।  

    गत शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।