२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

फेरि हाम्राविरुद्ध अनर्गल प्रचार सुरु भयो : घनश्याम भुसाल

सोमवार , जेठ २४, २०७८

भैरहवा, २४ जेठ ।
नेकपा एमालेका नेता तथा पूर्व कृषिमन्त्री घनश्याम भुसालले फेरी आफहरुविरुद्ध अनर्गल प्रचार सुरु भएको बताएका छन् । आफूहरुले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको उनको भनाइ छ । 

सोमबार सामाजिक संजाल फेसबुकमा नेता भुसालले लेखेका छन्, ‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । ’

आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? उनले प्रश्न गरेका छन् । ‘धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्, ’ उनले लेखेका छन् ।