
मंगलवार , जेठ २५, २०७८
२५ जेठ, काठमाडौं ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले ३० सांसदको समर्थन पाएका छन् । भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमाले माधव समूहका १७ जनाले मत हालेका छन् ।
प्रदेश सभामा एमालेका २५, माओवादीका १४, कांग्रेसका १३ ,जसपाका २ सांसद छन् । मंगलबारको मतदानमा ५१ सांसद उपस्थित भएका थिए।
मुख्यमन्त्री भट्टको सरकारको पक्षमा ३० सांसदले मत दिएसँगै उनले विश्वासको मत प्राप्त गरेको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका छन् ।
त्यस्तै विपक्षमा ९ मत परेको थियो। नेपाली कांग्रेसका १२ जना भने तटस्थ बसेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij