२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

रेडक्रस पर्रोहा उपशाखाद्वारा स्वास्थ्य सामग्री वितरण

बुधवार , जेठ २६, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • सैनामैना, २६ जेठ ।
    नेपाल रेडक्रस सोसाइटी पर्रोहा उपशाखाले नगरपालिका तथा विभिन्न संघ-सस्थाहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । बुधबार सैनामैना नगरपालिको कोरोना विशेष अस्पताल, इलाका प्रहरी कार्यालय रन्यौरा, पर्रोहा हेल्थ पोस्ट र विभिन्न सामाजिक संघ-संस्थाहरूमा अग्रपंक्तिमा खटेर काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी, स्वयंसेवक तथा सामाजिक नेतृत्वहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको उपशाखाका सभापति लोकनाथ अधिकारीले जानकारी दिए । मास्क, सेनिटाइजर,ग्लोब्स लगायतका सामाग्री सहयोग गरिएको अधिकारीले बताए ।

    कार्यक्रममा उपशाखाका सभापति लोकनाथ अधिकारीको अध्यक्षता, सैनामैना नगर स्वास्थ्य प्रमुख हेमराज पन्थी, रन्यौराका प्रहरी निरीक्षक चक्र बहादुर डमरपाल, पर्रोहा हेल्थ पोस्ट कर्मचारी श्रीमाया राना, दिपक कुमार चालिसे, रामचन्द्र ढकाल, कमला पौडेल, रमा जि.सी लगायतको आतिथ्यता रहेको थियो । संस्थाको सहसचिव जमुना खनालको स्वागत मन्तव्य तथा सचिव कृष्ण प्रसाद कंडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।