
बुधवार , जेठ २६, २०७८
बुटवल, २६ जेष्ठ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौ महिनामै पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्न आफु पुर्ण प्रतिबद्ध रहेको बताएका छन्।
पुर्व निर्धारित मितिमै महाधिवेशन हुने कुरामा ढुक्क रहन र भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई सभापति देउवाले बक्तब्य मार्फत आग्रह गरेका छन्। यहि असार र साउन महिनाभित्र महाधिवेशनका लागि अन्य सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने तयारी आफुले गरिरहेको सभापति देउवाले बताएका छन्।
बुधबार एक बक्तब्य जारी गर्दै सभापति देउवाले पार्टीको महाधिवेशन महत्वपुर्ण बिषय भएकोले २०७८ भदौ महिनामै हुने कुरामा अन्यौलमा नरहन समेत आग्रह गर्दै जसरी पनि निर्धारित समयमै पार्टीको महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका हुन्।
बक्तब्यमा सभापति देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान समेत भएको र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा राम्ररी बुझेको बताएका छन्।
बक्तब्यमा भनिएको छ —‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन। बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो।’
‘पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ। यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन्’— सभापति देउवाको बक्तब्यमा उल्लेख छ।
पार्टीको महाधिवेशन गर्न चाहेको वा नचाहेको भन्ने बारेमा आउने गरेका अभिब्यक्ति किमार्थ उचित नभएको भन्दै महाधिबेशनका सम्बन्धमा बिवादित बिचारहरुका बारेमा स्पष्ट हुन समेत सभापति देउवाको आग्रह छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij