२०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

दुईलाख बढीको अवैध चिनी बरामद

बिहिवार , जेठ २७, २०७८

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, २७ जेठ । 
    रुपन्देही प्रहरीले भन्सार छलेर चोरी निकासी गरी अवैध रुपमा राखिएको ५८ बोरा चिनी बरामद गरेको छ ।  बुधबार राती साढे ९ बजे सिद्धार्थनगर नगरपालिका–४ उद्योगपुरीमा रचना स्टोर सञ्चालन गर्दै आएका ५० वर्षिय देव प्रसाद श्रेष्ठले अवैध रुपमा चिनी राखेकोले उनलाई पक्राउ गरी चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सह–प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

    जिप्रका कार्यालयबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले २ लाख ३ हजार बराबरको चिनी बरामद गरी बिहीबार आवश्यक कारवाहीको लागि सञ्चालक श्रेष्ठ र चिनी भैरहवा भन्सार कार्यालय, बेलहियामा पठाइएको प्रहरीले जनाएको छ ।