२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

सरावलमा गाउँपालिकामा माहुरी पालक किसानहरुलाई माहुरीको घार बितरण

बिहिवार , जेठ २७, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • नवलपरासी ,२७ जेष्ठ 

    पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा माहुरी पालक किसानहरुलाई माहुरीको घार बितरण गरिएको छ । सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई माहुरी पालन गर्नको लागि माहुरीको घार वितरण गरिएको हो।

    मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तरगत सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा माहुरीको घार वितरण गरिएको हो । गाउँपालिका भित्रीका माहुरी पालक किसानहरुलाई करिब ५० वटा माहुरीको घार वितरण गरिएको कृषि शाखा प्रमुख कुलदिप मिश्रले खबर पात्रोलाई जानकारी दिए । 

    सरावल गाउँपालिकाले कृषि क्षेत्रमा किसानहरुलाई आत्मनिर्भर बनाई ब्यावसायिक र आधुनिकरण कृषि क्षेत्र तर्फ किसानहरुलाई जागरुक गराई माहुरी पालक किसानहरुलाई माहुरी पालनमा सुबिधा युक्त तरिका बाट मह उत्पादन गर्नका लागि किसानहरुलाई माहुरीको घार बितरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । 

    सरावल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेल र पालिका भित्रका माहुरी पालक किसानहरुको उपस्थितिमा माहुरी पालक किसानहरुलाई माहुरीको घार बितरण गरिएको थियो ।