२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

५७ जना मन्त्री फेरिँदा पनि छविलालले किन पाएनन् ठाउँ ?

शुक्रवार , जेठ २८, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ पटक मन्त्रीपरिषद विस्तार गरेका छन् । यस क्रममा ५७ जना भन्दा बढी मन्त्री फेरिएका छन् । तर एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली निकट मानिने नेता छविलाल विश्वकर्मालाई मन्त्री नबनाउनुलाई चासोका साथ हेरिएको छ ।

रुपन्देही क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद जितेसंगै स्थानीय जनता र राजनीतिमा चासो राख्नेहरु विश्वकर्मा पहिलो लटमै मन्त्री बन्ने अटकलबाजी गरेका थिए । पटक पटकमन्त्री परिषद् विस्तार हुँदा पनि विश्वकर्मा मन्त्री बनेका छैनन् ।

‘यो तीन वर्षमा मन्त्रीपरिषद् १७ पटक विस्तारित भइसकेको छ । त्यसक्रममा ५७ जना मन्त्री मण्डलमा अटाएका छन । पटकपटक मन्त्रीपरिषद् विस्तार हुर्दा आम जनताले छविलाल विश्वकर्माको खोजी गर्छन तर अन्तिममा उनको नाम अटाउन सकिरहेको छैन्’ विश्वकर्मा निकट एक नेताले भने ।

पछिल्लो राजनीतिमा विशेष एमाले, कांग्रेस र माओवादीका नेता तथा कार्यकर्ताहरुको चासो बढ्न थालेको छ । आखिर किन छविलाल विश्वकर्मालाई मन्त्री बनाइँदैन ? स्थानीय कार्यकताहरुले प्रश्न गर्न थालेका छन । नत्र उहाँलाई मन्त्री नबनाइनुमा अरु त्यस्तो के कारण छ ? के आज कम्युनिष्ट आन्दोलनमा निरन्तर आफ्नो जिम्मेवार निर्वाह गर्न नेताकार्यकर्तालाई उपेक्षित त गरिदै छैन उनीहरु प्रश्न गर्छन् ।

नेकपा एमालेको स्थायी कमिटी सदस्य समेत रहेका विश्वकर्मा शालिन, भद्र, बौद्धिक र मृदु भाषिक नेताका रुपमा आमकार्यकर्ता र जनताका माझ परिचित छन । बुटवल बहुमुखी क्याम्पसको स्ववियु उपसभापति हुँदै हाल नेकपा एमालेका स्थायी कमिटी सदस्यसम्म आइपुग्दा पार्टीका विभिन्न तहमा रहेर नेतृत्वदायी भुमिकामा रहेर काम गरेका विश्वकर्मा गिरिजा प्रसाद कोइरालाको अन्तरिम सकारमा छोटो समयका लागि कृषि तथा सहकारी मन्त्री बनेका थिए । त्यस बेला उनले कृषि तथा सहकारी क्षेत्रमा केही उल्लेखीय काम गरेका थिए । उनको नै दलित समुदायलाई राज्यमन्त्रीमा सीमित घेरालाई तोड्दै फुलमन्त्रीको सुरुवात गरेका थिए ।

पार्टी नीतिमा कटिबद्ध विश्वकर्मा प्रवासी मंचको जिम्मेवारीमा रहदा तत्कालिन विद्रोही पार्टी माओवादी र एमाले तथा कांग्रेस लगायतका नेतालाई सहमति र शान्तिवार्ता गराउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

विश्वकर्मा नजिकका कार्यकताका अनुसार छविलाल विश्वकर्मा हल्ला भन्दा बढी काममा विश्वास गर्ने, दिएको जिम्मेवारी पुरा गर्ने, जस्तोसुकै विषम परिस्थितिमा नेतृत्वको रक्षा गर्दै पार्टी निमार्णमा खटिने साथै उच्च नेतृत्वले आफ्नो कामको मुल्यांकन गरोस् भन्ने चाहना र पदका लागि बार्गेनिङ्ग नगर्ने स्वभावका कारणले नेतृत्वले उहाँको त्यस स्वभावलाई कमजोरीको रुपमा लिएको हुन सक्ने बताउँछन् ।

छविलाल विश्वकर्माले अविचलित भइ निरन्तर दिएको जिम्मेवारी पुरा गर्नुपर्छ र मन्त्री नभए पनि जनताको काम गर्न सकिन्छ भन्ने मान्यताका कारण पनि मन्त्री नबनेको कुरा उनका अन्य कार्यकर्ताहरु बताउँछन् । (राजधानी)