२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुबहु थियो : मुख्यमन्त्री पोखरेल

शुक्रवार , जेठ २८, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २८ जेठ । 
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुबहु रहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले शुक्रबार सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए । तर सर्वोच्चले नै उल्टाइदियो, धन्य छौ हामी ।’

    सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न बिहीबार सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्चले संघीय संसदबाट यदि पारित हुन नसकेमा अध्यादेश बमोजिमवितरीत नागरिकताको प्रमाणपत्रमाथि कानुनी जटिलता उत्पन्न हुने भन्दै संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाटै नागरिकता वितरणको व्यवस्था मिलाउन उपयुक्त हुने बताएको छ ।