२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य थापा फेरी बर्खास्त  

शुक्रवार , जेठ २८, २०७८

कास्की 

गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले फेरी पनि कार्वाही गरेको छ ।  बिहीबार थापाले पार्टीको ह्वीप उल्लंघन गरेकाले  उनलाई पदमुक्त गरिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले ह्वीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बसेर ह्वीप उल्लंघन गरेका थिए । 

शुक्रबार बिहान बसेको केन्द्रीय समिति बैठकले थापालाई कारवाही गर्दै पार्टी सदस्य र सांसद समेत नरहने गरी कारवाही गरेको छ ।

जनमोर्चाले थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ ।  जनमोर्चाले ह्वीप उल्लंघन गरेको भन्दै गत २० जेठमा पनि थापालाई पदमुक्त गरेको थियो । तर, थापा सर्वोच्च अदालत गएपछि थापाको रिटमा सर्वोच्चले २३ जेठमा प्रारम्भिक सुनुवाई गर्दै पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो