२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

दाङमा गोली चल्यो , दुईजना पक्राउ

शुक्रवार , जेठ २८, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • दाङ । दाङको तुलसीपुरमा गोली चलेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका ८ अस्वारा स्थित गहते खोलामा कुलोको बिषयमा बिबाद हुदा स्थानिय एक युवाले गोली चलाएका हुन्। 

    ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्दगञ्ज बस्ने २५ बर्षीय पूर्ण बहादुर ओलीले गोली चलाएका हन्। 

    उनले चलाएको गोली कसैलाई पनि लागेन। उनले भारतबाट पेस्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।

    शुक्रबार दिउसो सवा १२ बजेतिर पेस्तोल चलाएर रा २ प ६७९२ नम्बरको मोटरसाईकलमा भाग्दै गरेको अबस्थामा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीसहित भाग्दै गरेको मोटरसाईकल चलाईरहेका तुलसीपुर ८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ। प्रहरीले पेस्तोलसहित ६ राउन्ड गोली पनि बरामद गरेको छ।

    घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।