२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

शनिवार , जेठ २९, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • २९ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

    संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। 

    प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि  पोखरेलले विपक्षी गठबन्धनको तर्फबाट  ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए। 
    नवनियुक्त मुख्यमन्त्री पोखरेलले ३० दनिभित्र  दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।